नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) लेकवेसी नगर समिती काे आयाेजना मा सहिद,बेपत्ता परिवार ,घाईते याेद्दा सम्मान ,भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन् भएकाे छ ।
आज एक कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तथा कर्णाली प्रदेसकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले संघिय सरकारले सहित परिवारकाे लागि प्रतिमहिना ३ हजार रकम दिने व्यावस्थालाई छिटाे कार्यन्वयन गर्न आवश्यक पहल गर्ने र जनयुद्धका घाइते याेद्वा तथा सहित र वेपत्ता परिवारकाे उपचारकाे लागि कर्णाली सरकारले कार्यविधि बनाएर अस्पतालहरू संग सम्झौता गर्ने तयारि गरिरहेकाे बताएकिछन।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एंव जिल्ला संयाेजक कृष्ण जि सी(जितेन्द्र)ले गणतन्त्र र धर्मनिरपेक्षता लगाएतका ऐतिहासिक परिवर्तनमा सहिद परिवार,बेपत्ता परिवार र धाईते याेद्वाहरूकाे महत्त्वपूर्ण याेगदान रहेकाेले बताएकाछन ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपाली र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एंव जिल्ला संयाेजक कृष्ण जि सी(जितेन्द्र)ले संयुक्तरूपमा सहिद परिवार ,बेपत्ता परिवार , घाईते याेद्दाहरू लाई सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य शान्ता ढकाल, जिल्ला संयाेजक लाेकेन्द्र बहादुर राना ,जिल्ला समिती सदस्य राम बहादुर चपाई , खड्क राष्काेटी ,खड्क घर्ती (उदित) ,रेष्मा बिष्ट ,डिल्ली सुवेदी , प्रताप पाैडेल लगाएतकाे विशेष उपस्थिति रहेकाे थियाे । देव ब.वलिकाे अध्यक्षता र सबिना बाेहाेराले कार्यक्रकाे सञ्चालन गरेकीथिइन ।
यस्तै ७ सदस्यीय सहिद परिवार समाज लेकवेसी नगर कमिटी र ११ सदस्यीया घाईते याेद्दा समिती गठन भयकाे छ ।