जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ। तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
रावत गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र शाही सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दजानकारी दिए ।
यस्तै तातोपानी गाउँपालिकाकै ८ नं वडाका ‘जडिबुटी (खिरौलो) कोर्न गएका गएका ५५ जना मानिस सम्पर्कबिहिन भएकाछन । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वयमा उनिहरूकाे उद्वार कार्यभैरहेकाे जनाएकाछन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएका मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन्।