जुम्लाको गर्जाङ्कोटमा आगलागी, एक घर जलेर नष्ट

महेश चाैलागाँई २८ पुष २०७९, बिहीबार ११:१२

जुम्लाको गुठिचौर गाउँपालिका ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ।

स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो। बेलुका ५ तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सहि जगत बहादुर ऐरले बताए। उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ। अनुमानित १५ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ।

पुस महिनाको चिसोमा भरखरै बनेको घरमा आगलागी हुँदा सोही घरमा बस्ने परिवारको बिजोग भएको छ। उक्त घरको झ्याल जोड्ने काम भइरहेको थियो। मिस्रीले घर बाहिर बालेको आगो निभाउन बिर्सेर पछि काठमा आगो सल्केर आगलागी भएको स्थानीय लालबहादुर रावलले बताए।

उनका अनुसार मानवीय क्षेती नभएता पनि घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा र खाने अनाज सबै जलेर नष्ट भएको छ।

करिब दुई घण्टा पछि स्थानीय र प्रहरीको सक्रियतामा आगामी नियन्त्रणमा लिइएको थियो।

Next Post

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

२८ पुष २०७९, बिहीबार ११:१२
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई नजा घाइते भएका छन्। घोराही उपमहानगपालिका–११ अवलडाँडामा रा ४ प ६०५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–१० जलौरा बस्ने १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो। दुर्घटनामा परी जलौरा ठाउँ बस्ने मोटरसाइक चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय […]