दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

हिमशिखर संवाददाता २८ पुष २०७९, बिहीबार १२:३३

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई नजा घाइते भएका छन्।

घोराही उपमहानगपालिका–११ अवलडाँडामा रा ४ प ६०५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–१० जलौरा बस्ने १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी जलौरा ठाउँ बस्ने मोटरसाइक चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय कृषीराज चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोइत दुबै जनाको भैरहवा रिफर गरिएको मंगलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति करिब साढे १२ बजे अवलडाँडाबाट नारायणपुरतर्फ तीन जना सवार भएर जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खेतमा खसेको छ।

Next Post

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक

२८ पुष २०७९, बिहीबार १२:३३
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो। उनीसँग अदालतले २० लाख रुपैयाँ मागेको छ। सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।