चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच भेटवार्ता

हिमशिखर संवाददाता १३ चैत्र २०७८, आईतवार १२:४२

चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्त भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटे लगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटेल मेरियटमा भेटवार्ता गरेका हुन्।

तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका वाङले यसअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली समकक्षी डा. नारायण खड्का तथा आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरेका थिए। वाङ आज  नै स्वदेश फर्कँदै छन्।

Next Post

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

१३ चैत्र २०७८, आईतवार १२:४२
नेपाल  भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आइतबार स्वदेश फर्किएका हुन् ।शनिबार बिहानदेखि वाङले औपचारिक भेटघाट सुरु गरेका थिए । शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । त्यसअघि उनी बिहान साढे ६ बजे नै […]