स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

हिमशिखर संवाददाता १३ चैत्र २०७८, आईतवार १५:४२

नेपाल  भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् ।

२५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आइतबार स्वदेश फर्किएका हुन् ।शनिबार बिहानदेखि वाङले औपचारिक भेटघाट सुरु गरेका थिए ।

शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ गएका थिए ।परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार नै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको थियो ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।विदेशमन्त्री वाङले भेघअघि दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारीसमेत लिएका थिए ।

Next Post

निर्वाचन आयोगले बोलायाे चैत २२ गते सर्वदलीय बैठक

१३ चैत्र २०७८, आईतवार १५:४२
निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोग स्रोतले जनाएको छ। यो बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । तर आचारसंहिता यसअघि नै अन्तिम रुप दिइसकेको […]