जुम्लाका ३ सय ५५ जनालाई १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ बराबर काे व्यवसायलाई पूनर्स्थापना
जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठकमा किर्डाक नेपालले गरेका क्रियाकलापहरूकाे समीक्षा भएकाेछ ।
बुधबार सम्पन्न बैठकमा किर्डाक नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संगकाे साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन / बाल संरक्षण / सामुदायिक सहभागिता तथा बाल स्पोन्सरसीप र नेपाल कभर-II कार्यक्रमको समीक्षा गरिएकाे हाे ।
जुम्लाका ४ सय ४२ जना किसानलाई ७० लाख ७५ हजार बराबरको कृषि सामाग्री र १ हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सय रुपैयाँ बराबरको राहत बितरण
जिल्ला समन्वय समितिका उप प्रमुख कार्मा बुढाकाे अध्यक्षतामा सम्पन्न बैठकमा किर्डाका प्राेग्राम म्यानेजर भेष बहादुर रावले पेस गरेकाे प्रतिवेदनमा छलफल भएकाे थियाे ।
किर्डाकाे प्रतिवेदन अनुसार एकीकृत पोषण तथा उत्थानशील परियोजना मार्फत् कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जनालाई १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ बराबर काे सहयाेग गरि उनिहरूकाे व्यवसायलाई पूनर्स्थापना गरिएको छ।
त्यस्तै पाेषण स्थिति सुधार र आयआर्जन वृद्धिका लागि जुम्लाका ४ सय ४२ जना किसानलाई ७० लाख ७५ हजार बराबरको कृषि सामाग्री र १ हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सय रुपैयाँ बराबरको राहत बितरण गरेकाे पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
बैठकमा किर्डाक नेपालकाे कार्यक्षेत्रमा भएकाे संयुक्त अनुगमनकाे समिक्ष पनि गरेकाे छ । बैठकका सहभागीहरूले किर्डाक नेपालले काेराेनाकाे समयमा राहात र पुनरउत्थान सम्बन्धि गरेकाे कामकाे प्रशंसा गरेकाे छ ।
कार्यक्रमको कार्य क्षेत्रमा सामाजिक परिचालन कमजमेर देखिएकाेले थप प्रभावकारी बनाउदै हाल बितरण गरिएका सामाग्री हरुकाे सदुपयोग भए नभएकाे अनुगमन गर्नु पर्ने र स्थानिय पालिका ले पनि यस्लाइ अपनत्व लिन आफ्नो तवरले अनुगमन गर्दै थप साझेदारी गर्नु निश्कर्ष बैठकले निकालेकाे थियाे ।