सरकारले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिने जनाएको छ।
शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने बताएका हुन्।
सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन पटक पटक आदेश दिइसकेको छ।