ग्यास चुलोबाट आगलागी, भएर जुम्लाको पातारासीमा धर जलेर नष्ट

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार ०९:२८

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ मा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तिनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो।

आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ।

यद्यपि आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

घटनाको जानकारी बिहान ८:३० बजे टेलिफोनमार्फत इलाका प्रहरी पोस्ट उर्थुचौतारामा प्राप्त भएको थियो।

सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको कमान्डमा तीन जना प्रहरी टोली खटिएको थियो।

उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार आगो हाल पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ।

Next Post

वाइसिएल सुर्खेतद्वारा मल अभावको विरुद्ध ज्ञापनपत्र

११ श्रावण २०८२, आईतवार ०९:२८
सुर्खेत, साउन ११ —देशभर कृषकहरू मल अभावका कारण समस्यामा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) जिल्ला समिति सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ। वर्षा यामको बीचमा रासायनिक मलको चरम अभावले किसानको उत्पादन जोखिममा परेको भन्दै वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी र न्यायोचित बनाउन जोडदार […]

सम्बन्धित समाचार