राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, ओली आजै देउवालाई लिएर शीतलनिवास जाँदै

हिमशिखर संवाददाता २८ असार २०८१, शुक्रबार २१:११

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

राष्ट्रपतिको आह्वानसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेस गर्ने भएका छन् । आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शीतलनिवासमा दाबी पेस गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद जाने तयारी रहेको छ ।

Next Post

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

२८ असार २०८१, शुक्रबार २१:११
जुम्ला-नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज […]