आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

महेश चाैलागाँई २७ पुष २०८०, शुक्रबार ०७:०५

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२ औँ पृथ्वी जयन्ती मनाइँदैछ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरूलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए।

भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ। आलोचकहरूले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन्।

यद्यपि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन्।

Next Post

भालुबाङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो

२७ पुष २०८०, शुक्रबार ०७:०५
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेकाे संख्या १२ पुगेको छ। शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए। घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार […]