भालुबाङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो

के .बि अछुत २८ पुष २०८०, शनिबार ०७:५२

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेकाे संख्या १२ पुगेको छ।

शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो।

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए। घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।

Next Post

गौशाला–२६ को परिचय सार्वजनिक गर्ने एकजना पक्राउ

२८ पुष २०८०, शनिबार ०७:५२
बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो। राईलाई संखुवासभाबाट पक्राउ गरी काठमाडौं ल्याएर जिल्ला अदालत काठमाडौंमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको […]

सम्बन्धित समाचार