जुम्लामा मानव अधिकार आयोगको कार्यालय पुनः कर्मचारी खटिए

महेश चाैलागाँई १३ श्रावण २०८२, मंगलवार २१:०६

जुम्ला — झण्डै अढाई वर्षदेखि निष्क्रिय अवस्थामा रहेको राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालय अब पुनः सक्रिय हुने भएको छ। आयोगले लेखा प्रणाली (एलएमविआईएस) जुम्लामै सञ्चालन हुने व्यवस्था मिलाउँदै कर्मचारी खटाएको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार कार्यालय प्रमुखका रूपमा कल्पना नेपाल आचार्यलाई सरुवा गरी पठाइएको छ। अबदेखि लेखा प्रणाली पनि जुम्लाबाटै सञ्चालनमा आउनेछ भने सुर्खेतसँगै समन्वयमा काम हुनेछ।

पूर्वमा १४ जनाको दरबन्दी रहेको कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सीमित हुँदै आएको थियो। लेखा प्रणाली हटाएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो। अब भने नयाँ दरबन्दीअनुसार क्रमशः अन्य कर्मचारी पनि खटाइने आयोगले जनाएको छ।

जुम्ला द्वन्द्वकाल, डा. गोविन्द केसीको आन्दोलन र कर्णाली आन्दोलनजस्ता मानव अधिकारका मुद्दामा संवेदनशील क्षेत्र रहँदै आएको छ। तर, कार्यालयमा जनशक्ति नहुँदा पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना ओझेलमा परेका थिए।

Next Post

हुम्ला र मुगु जिल्ला औपचारिक रूपमा सडक सञ्जालमा जोडिए

१३ श्रावण २०८२, मंगलवार २१:०६
हुम्लाको चंखेली गाउँपालिका–२ र ४ लाई जोड्ने लोती खोलामा निर्माण गरिएको ४२ मिटर लामो बेलिब्रिज उद्घाटनसँगै हुम्ला र मुगु जिल्ला औपचारिक रूपमा सडक सञ्जालमा जोडिएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार पुलको उद्घाटन गर्नुभयो। २० टनसम्मको भार बोक्न सक्ने क्षमताको यो पुल झण्डै एक करोड रुपैयाँको लागतमा पूर्वाधार विकास […]