चन्दननाथ नगरपालिकाकाे बजेट ६१ करोड ३२ लाख ९२ हजार

महेश चाैलागाँई १० असार २०८२, मंगलवार १९:०६

जुम्ला-चन्दननाथ नगरपालिका जुम्लाले आर्थिक वर्ष ०८२/०८३ मा अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र (सेफहाउस) सञ्चालनमा ल्याउने नीति लिएको छ ।
नगर सभाको १५ औँ अधिवेशनले नगरपालिकालाई निशुल्क प्राप्त भएको जग्गामा भौतिक संरचना निर्माण गरी अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालनमा ल्याउने नीति लिएको नगरप्रमुख राजसिंह कठायतले बताए । उनले भने, यसबाट हिंसामा परेका विपन्न महिला बालबालिकाले सेवा लिने छन् ।

अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्रको भौतिक संरचना निर्माण गर्नका लागि उपप्रमुख रामदेवि खड्काले चन्दननाथ नगरपालिकालाई निशुल्क जग्गा उपलव्ध गराएकी हुन् ।

चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले कूल ६१ करोड ३२ लाख ९२ हजार बजेट नगर सभा तथा १५ औँ अधिवेशनमा पेश गरेकी छन् । चन्दननाथ नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएपनि बजेट भने असार २८ गतेको बैठकबाट पारित हुने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

Next Post

१७ औँ अधिवेशन बाट पत्रकार महासंघकाे अक्षय काेष वृद्विका लागि ताताेपानीद्वारा ५ लाख विनियाेजन

१० असार २०८२, मंगलवार १९:०६
तातोपानी गाउँपालिका जुम्लाले पत्रकारहरुकाे प्राेत्साहन तथा सुरक्षाका लागि बजेट विनियाेजन गरेकाे छ । मंगलबार सार्वजानिक गरेकाे बजेटमा नेपाल पत्रकार महासंघ जुम्लाकाे पत्रकार प्राेत्साहन अक्षय काेष बृद्विका लागि बजेट विनियाेजन गरेर पत्रकारहरुलाई हाैसला प्रदान गरेकाे हाे । आर्थिक वर्ष ०८२/०८३ मा कार्यान्वयन हुने गरि ताताेपानी गाउँपालिका गाउँ सभाको १७ औँ अधिवेशनले […]