जुम्लाका प्र.जि.अ थापा कोरोना संक्रमित

हिमशिखर संवाददाता १९ भाद्र २०७७, शुक्रबार २०:४०

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमित भएका छन ।बिहीबार प्र.जि.अ थापाले सासमजिक सञ्जाल फेसवुक मार्फत

प्र.जि.अ थापाको फेसवुक स्टाटस

आफु कोरोना संक्रमित भएको सार्वजनिक गरेका छन । जनताको जिवनको सुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारी बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिदा आफु पनि कोरोनावाट संक्रमित हुन पुगेको र अहिलेवाट आईसोलेशन बसेको जनाउदै प्र.जि.अ थापाले कार्यालयसँग सम्वन्धित काममा सहायक प्रजिअको मोबाइल नं९८५८३२०३८० मा सम्पर्क गर्न हुन अनुरोध गरेका छन ।

प्र.जि.अ थापाले अहिले आफु आइसोलेसनमा बसेको र छिट्टै पुर्ववत अवस्थामा आउने आसा राख्दै तपाइहरु पनि तपाईंहरु सुरक्षित हनु होला । भनेर सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन ।

Next Post

सम्बन्धित समाचार