जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्युु हुनेका तिला ९ की भिरबाट लडेर मृत्यु भएको हो । गह्रामा मल राखेर घर फर्कदै गर्दा घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेर अन्दाजी ३० वर्षीया ललिता थापाको मृत्यु भएकाे स्थानीय मोतिराम बुढाले जानकारी दिए । बुढाका अनुसार उनी झन्डै ३ सय मिटर तल खसेकी थिइन्। मृतक ललिताका एक छोरा र एक छोरी छन् ।