चित्रबहादुर केसी काे स्वास्थ्य अवस्था ‘गम्भीर’

हिमशिखर संवाददाता २७ कार्तिक २०७७, बिहीबार ०६:२५

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।

उनलाई निमोनियाले ग्रस्त बनाएको छ । जनमोर्चाको  बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको छ ।

बैठकले सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग  गर्न सबैलाई अनुरोध गरेको छ ।

कार्यकारी अध्यक्ष नेपालीले केसीलाई कोरोना पुष्टि भएको र नियमोनियाले ग्रस्त बनाएको जानकारी दिए पनि उनलाई लामो समयसम्म उपचार गर्नुपर्ने कारण भने विज्ञप्तिमा खुलाएका छैनन् ।

राष्ट्रिय जनमाेर्चाकाेे विज्ञप्ति

Next Post

गौरभमय इतिहास सुनाउदै लाम्रा

२७ कार्तिक २०७७, बिहीबार ०६:२५
मुग्लेरीले मागल भनेपछि, पञ्चेबाजाको तालमा दमाई नाचेपछि, कवा मष्टोका धामीले बाह्र भाइ मष्टो, नौ दुर्गा भवानी, बाबा चन्दाननाथ, दरा खोल्या, भान (बहान) पित्त सबैलाई पुकारेपछि मार्सी धान काटेर खालि रहेको नुग्र्या जिउलाको खेतमा सुरु भयो, ‘लाम्रा सम्वादः गाउँका कुडा।’ ‘कुरा सुन्नु बुढाको, आगो ताप्नु मुडाको’ गीत सम्झिएको बेला तल्लो खेतबाट […]