भारी वर्षा पछि अबरुद्द कर्णाली राजमार्ग संचालनमा आयाे

के .बि अछुत २५ असार २०८१, मंगलवार १५:४३

जुम्ला । कर्णाली राजमार्ग संचालनमा आएकाे छ । अविरल वर्षाका कारण आएकाे बाढी पहिराेले पाँच दिन देखि अबरुद्द राजमार्ग संचालनमा आएकाे हाे ।

सडक डिभिजन जुम्ला,हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंज र सडक डिभिजन सुर्खेतबाट खटाईएका जनशक्ति र हेवी बेक्रर,स्काभेटर,लगायतका साधन प्रयाेग गरि पहिराे पन्छाएर सडक संचालनमा ल्याईएकाे सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए । उनका अनुसार अबरुद्द राजमार्ग मंगलबार दिउँसाे २:१५ बजेबाट एक तर्फी संचालनमा आएकाे हाे ।

सडक डिभिजन जुम्लाकाे कार्यक्षेत्र अन्तर्गत दहिखोला – मान्मा सडक खण्डमा अविरल वर्षाको कारण पहिरोसंगै लेदाे र ठूलठूला ढुङ्गा खसेर राजमार्ग पूर्ण अबरुद्द थियाे । जसका कारण सयाै सवारी तथा यात्रुहरु अलपत्र परेका थिए ।

यात्रुले पाएकाे कष्टलाई मध्यनजर गर्दै सडक डिभिजनले वर्षात राेकिने बित्तिकै साेमबारदेखि पहिराे पन्छाउन सुरु गरेकाे थियाे । रातदिन नभेर पहिराे पन्छाएसंगै राजमार्ग संचालनमा ल्याउन सफल भएकाे डिभिजन प्रमुख मण्डलले कर्णाली मिसनलाई जानकारी दिए ।

एक तर्फी सडक खुलेसंगै साना सवारी संचालनमा आएका छन् । पाँचदेखि अलपत्र यात्रुहरु सडक खुलेपछि उत्साहित भएका छन् । भने पहिराे पन्छाउने कार्यलाई सडक डिभिजनले जारी राखेकाे छ ।

साथै अबरुद्द सडक खोल्न सहयोग गर्नु हुने तथा सम्पूर्ण सहयोगी निकाय तथा धैर्य गर्ने आमा नागरिकलाई सडक डिभिजन जुम्लाले धन्यबाद ज्ञापन गरेकाे छ ।

 

Next Post

यूवा पत्रकारिता पुरस्कार बाट जुम्लाका सागर परियार पुरस्कृत

२५ असार २०८१, मंगलवार १५:४३
जुम्ला । जुम्लाका क्रियाशील पत्रकार सागर परियार यूवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरुस्कृत भएका छन् । जुम्लामा लामाे समयदेखी पत्रकारिता गर्दै आएका पत्रकार परियार नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरुस्कृत भएका हुन् । बुधबार सिंहदबारमा आयाेजित एक विशेष समाराेहका बीच पत्रकार परियारलाई यूवा तथा […]