जुम्ला । जुम्लाका क्रियाशील पत्रकार सागर परियार यूवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरुस्कृत भएका छन् । जुम्लामा लामाे समयदेखी पत्रकारिता गर्दै आएका पत्रकार परियार नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरुस्कृत भएका हुन् ।
बुधबार सिंहदबारमा आयाेजित एक विशेष समाराेहका बीच पत्रकार परियारलाई यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नगद रासी ५० हजार सहित दाेसला ओड्याए सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
देशभरका पत्रकारहरु मध्य प्रतिस्पर्धाबाट छनाेट परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।
जुम्लामा वि.स २०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्ला सहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,यूवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउदै आएका छन् ।
पुरुस्कृत भएपछि पत्रकार परियारले माेपसलकाे पत्रकारिताका संघर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नाे लागि गलत सावित भएकाे समेत उनकाे भनाई छ ।
यश अघि पत्रकार परियार स्व.दिप बहादुर स्मृती क्रियाशील पत्रकारिता पुरस्कार लगायत जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् ।
पत्रकार परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह-सचिव तथा गिडिदह मिडिया प्रा.लीद्दारा संचालित कर्णाली मिसन अनलाईन पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् । भने काराेबार राष्टि्य दैनिक र रेडियाे नेपालमा जुम्लाबाट रिपाेर्टिङ गर्दै आएका छन् ।