आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको छ :प्रचण्ड

हिमशिखर संवाददाता ९ पुष २०७७, बिहीबार १५:५९

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुलाई पूर्व पार्टीमा फर्काउने खेल भइरहेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेसी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘हामीलाई पूर्व पार्टीमा फर्काउन खोजिँदैछ । तर हामीले बकाइदा नेकपा दर्ता गरेका हौं ।’

उनले अघि भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानून अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।

Next Post

संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड माधव )का विद्यार्थी नेता, कार्यकर्ताहरुकाे काठमाडौंमा राँके जुलुस

९ पुष २०७७, बिहीबार १५:५९
काठमाडौं : संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड)का विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुसमा निकालेका छन्। बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म जुलुस निकालिएकाे हाे। जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो। दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ। […]