संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड माधव )का विद्यार्थी नेता, कार्यकर्ताहरुकाे काठमाडौंमा राँके जुलुस

हिमशिखर संवाददाता ९ पुष २०७७, बिहीबार २०:३६

काठमाडौं : संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड)का विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुसमा निकालेका छन्।

बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म जुलुस निकालिएकाे हाे।

जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो।

दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समयमा राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘राँको खोस्दा घम्साघम्सीपछि समातिएको भए केहीवेरपछि छुट्छन्।’

Next Post

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

९ पुष २०७७, बिहीबार २०:३६
काठमाडौं : बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका ४५ सांसदले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। यो प्रदेशमा नेकपाका ८० सांसद छन्। प्रदेशको समृद्धि र सर्वोपरी हितकालागि सबै स्रोत र साधनको सदुपयोग एवम् परिचालन हुनुपर्नेमा त्यसलाई विभिन्न […]