मुगुमा एक शिक्षकको मृत्यु

हिमशिखर संवाददाता २९ पुष २०७९, शुक्रबार १४:१४

मुगुको सोरु गाउँपालिका-४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामवृक्ष सिंहको मृत्यु भएको छ ।

गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने सक्ने अनुमान गरिएको छ ।

यसको पूर्ण रूपमा जानकारी प्राप्त भएको छैन । जिल्ला अस्पतालले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यकिन जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

Next Post

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश, एमालेले संवैधानिक सर्वोच्चता र जबजलाई ध्वस्त बनाएको आरोप

२९ पुष २०७९, शुक्रबार १४:१४
नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरको एक होटलमा आज शुक्रवार आयोजित कार्यक्रमबीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो । उहाँले एकीकृत कम्युनिस्ट पार्टी र […]