मुगुमा बाढी–पहिरोको बितन्डा, ८ जना बेपत्ता, २५ घर विस्थापित

हिमशिखर संवाददाता २४ आश्विन २०७९, सोमबार १६:३१

निरन्तर परेको वर्षाले गाउँ माथिबाट पहिरो आउदा ८ जना बेपत्ता भएका छन् भने २५ घर विस्थापित भएका छन् ।
मुगुकाे छायाँनाथ रारा नगरपालिका– ११ तलिसालिम गाउँमा आइतबार दिउँसो पहिरो आउँदा गाउका २ घर पुरिएर घरभित्र रहेका ८ जना वेपत्ता भएकाछन ।
साथै, उक्त पहिरोले घरहरुमा क्षेति पुर्याउँदा २५ घरपरिवार विस्थापित भएका छन् ।

वडाध्यक्ष कुन्जुमा कुमाइले दिएको जानकारी अनुसार वेपत्ता हुनेमा गोरिकला बोहोरा (८२), हाजिरी भग्री (६०), होइजाली भग्री (३०), सुस्मिता भग्री (१५), वीर बहादुर भग्री (३६), सत्ता सावत (२४), किस्न सावत (२३) र चक्रवीर बोहोरा (१५) रहेका छन् भने २५ घरपरिवार विस्थापित भएका हुन् ।

विस्थापित परिवारलाइ गाउँमै रहेको प्रभात माध्यामिक विद्यालयमा राखेको र अहिलेसम्म सहयोग र उद्धारका लागि गाउँमा कोही नपुगेको वडा प्राविधिक जितेन्द्र कुमाइले बताए ।

एक साता यताबाट जिल्ला फोन, विद्युत, इन्टरनेट सबै प्रभावित भएकाले वर्षाले जिल्लामा कहाँ–कहाँ के कति क्षेति भयो त्यो बाहिर आउन सकेको छैन । वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठे साँघु, झुलुङ्गे पुल सबै बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षेति पुर्याउँदा विद्युत अवरुद्ध भएको छ ।

वडा न. ८ झयारी गाउँ, वडा नं. ७ टोप्ला गाउँ, वडा नं. ४, ५ ढुम र भियालवाडा गाउँ र सदरमुकाम गमगढिको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षेति पुर्याउँदा करिव ५०० परिवार विस्थापित भएको स्थानीय हस्तबहादुर मल्लले बताए ।

खराब मौसम र गाउँघरतिर जाने खोलानालामा रहेका सबै पुल, साँघु बगाएको र सञ्चार सुविधा केही नहँुदा उद्धारका लागि घटनास्थलहरुमा खटिएको सुरक्षा टोलिलाई जान कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

Next Post

जुम्लामा नेकपा एकीकृत समाजवादी एमालेमा समायोजन हुँदै

२४ आश्विन २०७९, सोमबार १६:३१
माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितकाे टाेली एमालेमा समायोजन हुन लागेकाे छ। एमाले पार्टी स्राेतका अनुसार जुम्लाकाे नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर दुबै पार्टी एक भएकाे घाेषणा हुनेछ। एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्याैपानेले दुई पार्टीका जिल्ला अध्यक्षले […]