जुम्लाको कनकासुन्दरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी विहिन भएका छन् । पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, प्रमुख प्रशासकिय अधिकृत टेक वहादुर शाही, लेखापाल शंक धिताल लगायतका कर्मचारी गाउँपालिकाको कामकाज छोडेर हिउदको जाडो छल्न जिल्ला बाहिर गएका छन् ।
पालिकामा सेवाग्राहीहरु आउदा समन्धित फाँटका कर्मचारी नहुँदा सेवा नलिई फर्किने गरेको स्थानीयको गुनासो छ । कार्यालय समयमा १० वटा शाखाका कुर्चीहरु खालि रहेको सिंजाका केवि गाउँलेको बताउनु भयो । उहाँका अनुसार, जाडो छल्न सबै कर्मचारी जिल्ला बाहिर रहेको जानकारी गराउनु भयो ।
कर्मचारी नहुँदा सेवाग्राही पालिकामा आएर सेवा नलिई खालि हात फर्कनु परेको उहाँले गुनासो गर्नुभयो । कार्यालय समयमा सेवा लिन आएका सेवाग्राही कर्मचारी नहुँदा खालि हात फर्कने गरेको उहाँको भनाइ छ । कनकासुन्दरी गाउँपालिकामा अहिले सम्म फोजि नेटवर्क संचालनमा नहुँदा आकासको फल आँखातरि मर भने जस्तो भएको स्थानीयले बताउने गरेका छन् ।
इन्टरनेट सेवा प्रभावकारी नभएपछि सामान्य कामकाज गर्न समेत मुस्कील भएको छ । कार्यालयको कामकाजमा समेत काम गर्न इन्टरनेट सेवा नभए पछि समस्या भएको छ । गोठि जिउला प्रहरी चौकीका एक जना जवानका अनुसार, विद्युत र इन्टरनेट सेवा नभएर निकै समस्या भएको दुखेसो पोख्नु भयो ।
अध्यक्ष पदको जिम्मेवारी समाल्नु भएका दामोदर प्रसाद आचार्यले चुनाव अघि बोलेको कुरा व्यवहारमा उर्तान नसकेको जनगुनासो स्थानीयले गर्दै आएका छन् । कनकासुन्दरी गाउँपालिकामा करिव ४५ जना जति कर्मचारी नियुक्ति गरेर पालिकाको बजेट सदुपयोग नभएको स्थानीको भनाइ छ ।
आफु अनुकूल आवश्यक भन्दा बढि कर्मचारी अध्यक्षले राखेको स्थानीयको आरोप छ । कर्मचारी मिलान अध्यक्षले मनपरि तवरले गरेको त्यहाँका कर्मचारीले बताउने गरेका छन् । अध्यक्ष आचार्यले सबै काम हुन्छ भन्ने तर नगर्ने भएकाले स्थानीय नागरिकले अध्यक्षलाई हुन्छ वहादुर उपनामले चिन्ने गरेका छन् ।
यता गाउँपालिका अध्यक्ष आचार्यले राष्ट्रिय सभाको निर्वाचनका लागि आफु र उपाध्यक्ष सुर्खेतमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, वडा नम्बर ३ का वडाध्यक्ष भैरव वहादुर बुढालाई काब अध्यक्षको जिम्मेवारी दिएको छु । जंगलाल बुढालाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको हुनाले सेवा प्रवाहमा समस्या नभएको उहाँको भनाइ छ ।
अध्यक्ष आचार्यले भन्नुभयो, गाउँपालिका बाहिर आउनै नमिल्ने त नहोला । अहिले जुम्लाका कुन स्थानी तहका जनप्रतिनिधि छन ? उहाँले भन्नुभयो, कनकासुन्दरीका जनप्रतिनिधि र कर्मचारी जिल्ला बाहिर हुँदा किन चर्चाको विषय बनाईन्छ । प्रमुख प्रशासकिय अधिकृत सुशास्वको कार्यक्रम भएकाले सुर्खेत आउनु भएको छ ।
उहाँले भन्नुभयो, कि आउनै नमिल्ने हो भने नआउँला । कर्मचारी र जनप्रनितिधि नहुँदा सेवा प्रवाह रोकिएमा नागरिकले गुनासो गर्नु स्वभाविक भएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, सरकारी कामकाजको क्रममा जिल्ला बाहिर आउन मिल्छ यसलाई गलत हिसाबले नबुझि दिन अनुरोध गर्दछु ।
कर्मचारी र जनप्रतिनिधि जिल्ला बाहिर हुँदा पनि जनताले नियमित सेवा पाएको उहाँले जानकारी गराउनु भयो । नागरिकले पाउने सेवा रोकेर हामी जिल्ला बाहिर आएका छैनौँ उहाँले भन्नुभयो, जिल्ला बाहिर गएर मन्त्रीसँग भेटघाट नगरेमा कसरी स्थानीय तहमा योजना आउँछ ।
साबाहार : कर्णाली आज