मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

हिमशिखर संवाददाता २२ कार्तिक २०७९, मंगलवार १९:३७

मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुबाहक जीप दुर्घटना भएको हो।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए।

जीपमा सवार १० जना मध्य ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।’

घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ

Next Post

टिकट नपाएको झोकमा केही व्यक्तिले पार्टी छोडे: संयाेज बुढा

२२ कार्तिक २०७९, मंगलवार १९:३७
नेकपा एकिकृत समाजवादी पार्टीका जुम्ला जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य तिर्थ बुढाले टिकट नपाए पछि केही ब्यक्तिले पार्टी छोडिएको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले भने आसन्न चुनावका लागि तत्कालिन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन् । त्यही टिकट […]