नेकपा एकिकृत समाजवादी पार्टीका जुम्ला जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य तिर्थ बुढाले टिकट नपाए पछि केही ब्यक्तिले पार्टी छोडिएको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले भने आसन्न चुनावका लागि तत्कालिन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन् । त्यही टिकट नपाएको झोकमा थापासहितको केही व्यक्तिले पार्टी छोडेका हुन् ।
बैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको केन्द्रीय सदस्य बुढाले बताए । उनले भने एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २÷४ जना पार्टीबाट बाहिर हुदा पनि महुमतमै छौँ । पार्टीमा बहुमत भएकै कारण बैठक पनि गरेका छौँ ।
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासन गरेको सह इन्चार्ज पदमबहादुर रोकायाले बताए ।