तिला ६ का यूवाहरूकाे सक्रियतामा नाङ्गा पाखामा वृक्षरोपण 

के .बि अछुत २९ असार २०८१, शनिबार १३:११

असार, २९ जुम्ला
जुम्ला । तिला गाउँपालिका वडा नम्बर ६ घाेडेका यूवाले खाली जमिन तथा नाङ्गा पाखामा वृक्षरोपण गरेका छन् । वातावरणमा पर्ने असर न्यूनीकरण तथा वन क्षेत्रको विकास तथा विस्तारका लागि यस्ता ठाउँमा वृक्षरोपण गरिएको हाे ।

स्थानीय यूवा गगन बहादुर राेकायाकाे नेतृत्वमा भुजखाली वनमा विभिन्न प्रजातीका बिरुवा वृक्षरोपण गरिएको तिला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जंग राेकायाले जानकारी दिनुभयो । उहाँका अनुसार तिला गाउँपालिका वडा  नम्वर ६ घोडेका युवाहरूकाे सक्रियतामा नाङ्गा पाखामा ढटेलो ,भोजपत्र र धुपिकाका बिरुवा लगाएतका बिरुवा राेपिएकाे बताउनुभयो ।

उहाँले भन्नुभयो, हरियाे वन जिवनकाे धन भन्ने भनाइ लाई आत्मसात गर्दै युवाकाे नेतृत्वमा वृक्षरोपण गरिएको बताउनुभयो । जलवायु परिवर्तनको असारले सुख्खा लामो खडेरी परी  गाउँका खानेपानी मुहानहरु सुख्दै गएकोले भाबि दिनमा खानेपानीका मुहान सुखी गाउँमा खानेपानीको  संकट आउन  बाट बच्नको लागी वृक्षरोपण गरेको  रोकायाले बताउनु भयो । याे कार्यमा सहयाेग गर्ने किर्डाक नेपाल र स्थानीय यूवा प्रति आभारी भएकाे बताउनुभयो ।

यस्तै स्थानीय यूवा गगन राेकायाले गाउँ हरियाली बनाउनुका साथै पानीका मुहान सुख्न डर उत्पन्न भएकाले सबैकाे सहभागीतामा वृक्षरोपण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, भोजपत्र लालिगुराँस, ढेटेलो धुपि सल्लो गरि करिब ३ सय भन्दा बढी बिरुवा राेपिएकाे बताउनुभयो ।

“खाली तथा नाङ्गा पाखालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपणको कार्यक्रम गरिरहेका छौँ”, स्थानीय यूवा राेकायाका अनुसार स्थानीय तह तथा अन्य निकायसँगको सहकार्यमा यसमा जोड सहयाेग रहेकाे बताउनुभयो । वातावरणको संरक्षणका लागि यूवाले थालेकाे काम स्वागतयोग्य रहेको स्थानीय बुढापाखाले बताएका छन् ।

Next Post

त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो, एक जनाको पहिचान खुल्न बाँकी

२९ असार २०८१, शनिबार १३:११
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ । तीन मध्ये दुई वटा शव पहिरोले बगाएका बसका यात्रु रहेका पहिचान भएको र एक जनाको पहिचान हुन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले […]