सात महिना पछि भेटियाे धवलागिरि हिमालमा बेपत्ता मजदुरको शव

हिमशिखर संवाददाता ३० बैशाख २०८०, शनिबार १४:०७

धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ।

पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ। उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए।

‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ’, उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ।’

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन्। काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए।

Next Post

बाँकेमा नुहाउने क्रममा नदीमा डुबेर एक पुरुषकाे ज्यान गयाे

३० बैशाख २०८०, शनिबार १४:०७
बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषकाे ज्यान गएकाे छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएकाे हाे । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन जानुभएकाे थियाे । उहाँलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल […]

सम्बन्धित समाचार