कालीकोटमा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

महेश चाैलागाँई २६ चैत्र २०८२, बिहीबार ०६:५२

जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए ।

उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।

कालीकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो ।

एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

विरामी बुबाको उपचारका लागि संगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो ।
घाईते हिमा-६ का  कलबहादुरको खुट्टामा चोट लागेको छ । भने अर्का हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

कालीकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीले बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए । घाइते दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम– प्रदीप ज्ञवाली

२६ चैत्र २०८२, बिहीबार ०६:५२
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन्। […]