दलित समुदायको सशक्क्तिकरण तथा क्षमता बिकासका प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी ३ दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा सिंजा मल्टी मिडिया प्रा.ली, कुटीरो रिसर्च सेन्टर प्रा.ली र नेपाल प्रेस युनियन जुम्लाको सहजकिरणमा बुधबार देखि फोटो तथा भिडियो ग्राफी तालिम आयोजना गरेको हो ।
प्रविधिको विकास सँगै दलित समुदायका युवाहरुलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको आयोजक महेश नेपालीले बताउनुभयो । उहाँका अनुसार तालिममा जिल्लाका फोटो तथा भिडियो ग्राफी सिक्न चाहाने दलित युवाहरुका लागि बिषेश संचालन गरिएको बताउनुभयो ।
उहाँका अनुसार यो तालिलमले गर्दा पछिका दिनमा आत्मनिर्भर बनाउन समेत सहज हुने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सीप तथा तालिमको अभावमा युवा पुस्ता विदेशिनु पर्ने बाध्यता छ, । यस्तो तालिमले स्देशमा रोजगारको रोजगार सृजना हुने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेको भनाइ छ ।
उहाँका अनुसार हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न यो तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, दलित समुदायका लागि क्षमता बिकासका लागि फोटो तथा भिडियो ग्राफी सम्बन्धी आधारभूत ज्ञान सिक्न सुझाव दिनुभयो ।
यस्तै सामाजीक विकास कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत तुलाराज चौलागाईले पछिल्लो समयमा फोटो खिच्ने र भिडियो बनाउने माग बढ्दो अबस्थामा रहेकाले माग अनुसारको तालिम संचालनको लागि बजेको ब्यावस्था गरिएको बताउनुभयो । उहाँका अनुसार कतिपय ठाउँका पार्कहरुमा दिनभरि फोटो खिचेर पनि आम्दानी गरिरहेका हुन्छन् ।
हामीले पनि यो तालिम बाट फोटो तथा भिडियो ग्राफी सिप सिकेर आर्यआर्जनको बाटो अपनाउन सकिने बताउनुभयो । कार्यक्रम १६ गते बुधबार बाट संचालन भएर १८ गते शुक्रबार समापन हुने आयोजकले जनाएको छ ।