वाईसीएल महासचिवमा कालिकोटका गणेश शाही चयन

हिमशिखर संवाददाता २३ जेष्ठ २०८२, शुक्रबार २२:०७

योङ कम्युनिष्ट लिग अर्थात वाईसीएलको महासचिवमा कालिकाेटका गणेश शाही सर्वसम्मत रूपमा चयन भएकाछन । राजधानीमा जारी वाइसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्मत महासचिवमा चयन गरेकाे वाईसीएल स्राेतले जानकारी दिएकाेछ ।

कालिकोटमा जन्मियका शाही लामो समय देखि सक्रिय राजनितिमा छन । वाईसीएल नेपालकाे महासचिव बनेका शाही यश अघि केन्द्रीय सचिव र कर्णाली प्रदेश इन्चार्ज थिए।

बिद्यार्थी अवस्थामै भुमिगत भएका शाहीले युद्धअवस्थामै अर्वान गुरिल्ला देखि बटालियन कमाण्डर सम्म जिम्मेवारी सफलतापुर्वक पुरा गरे ।

युद्धका महत्वपुर्ण मोर्चाहरु सन्धीखर्क देखि गण्डक अभियानमा सम्म ३३ मोर्चामा रहि महत्वपूर्ण जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरे । बर्दियाको गणेशपुर घटनामा पनि शही सहभागी भएका थिए।पार्टी शान्ती प्रक्रियामा आइसकेपछी शान्ती प्रक्रियालाई टुगाउन सेना समायोजन समितिमा बसेर पनि काम गरे ।

शान्ती प्रक्रिया पछी उनी वाइसियल कालिकोट जिल्लाको अध्यक्ष हुँदै कर्णालि प्रदेशको सह संयोजक र संयोजक, अध्यक्ष र इन्चार्ज हुदै वाइसियल नेपाल केन्द्रिय सचिव सम्म १४ बर्ष काम गरेर परिपक्क भएका शाही लाई वाइसीएलको तेस्राे राष्ट्रिय सम्मेलनले महासचिव पदमा सर्वसम्मत चयन गरेकाे छ ।

शहीले सम्मेलनकाे अन्तिम समय सम्म अध्यक्ष पदकाे दावी गरेका थिए सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टीको निर्देशन अनुसार शाही अध्यक्षबाट पछी हटेका थिए ।नेतृत्वकाे आकाँछीहरू धेरै भएपछि वाइसीएलको राष्ट्रिय सम्मेलन ३ दिन बढी लम्बिएको थियाे ।

Next Post

जुम्लामा विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै चन्दननाथका माओवादीद्वारा ध्यानाकर्षण

२३ जेष्ठ २०८२, शुक्रबार २२:०७
विकास निर्माणमा ढिलाइले स्थानीय जनताले असुविधा भोग्नुपरेको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको र गुणस्तरहीन कामले सरकारको छविमा प्रश्न उठेको उनको मत छ। चन्दननाथ नगरपालिकामा विकास निर्माणका ठेक्काहरू समयमै सम्पन्न नभएकोमा नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। ढिलाइ र गुणस्तरमा लापरबाही भएको भन्दै पार्टीले सुधारको माग गरेको छ। नगर अध्यक्ष […]

सम्बन्धित समाचार