नगर बस सञ्चालन,देखी भौतिक संरचनामा जाेड दिदै चन्दननाथ नगरपालिका

के .बि अछुत १० असार २०८१, सोमबार १९:४५

जुम्ला :चन्दननाथ नगरपालिका जुल्लाले आफ्नो निति तथा कार्यक्रम ल्याएको छ ।१३ औ नगर सभाले निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । चन्दननाथले निति कार्यक्रम नगर पुमुख राजुसिंह कठायत र बजेट कार्यक्रम नगर उपप्रमुख रामदेवी खड्काले गरेका हुन ।
नगरसभा प्रस्तुत बजेटमा नगरपालिकाले नगरका नागरिकका यातायात सुविधिका लागि नगरबस सञ्चालनमा ल्याउने भएको हो । यर्सैगरी नगरपालिकाले लागु औषध दुब्र्यसनि न्यूनिकरणका लागि सुधारगृह स्थापना गर्ने, नियमित प्रशासनिक सेवालाई समयमै छिटो छरितो र हाँसेर सेवा दिईनेछ ।

नगरपालिकाले लगानीमैत्री वातावरण सृजना गर्न ठूला तथा मझौला उद्योग स्थापना गर्न स्थानीय तहबाट आवश्यक समन्वय र कर छुटदिजन्य को निति लिईनेछ । भौतिक पूर्वाधार र भौतिकपूर्वाधार र विभिन्न खनिज तथा नदिजन्य क्षेत्रको आईई र ईआईए निति ल्याईनेछ । नगरले नक्सापास गरेर मात्रै निर्माण गर्ने व्यवस्था गर्ने, हाल सम्म बनेका घरको अभिलेखीकरण गर्ने योजना रहेको छ ।

यसैगरी हाल सम्म बन्न नसकेको जुम्ला शहरको टाउन प्लानिङ गर्ने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाको सहकार्यमा टाउन प्लानिङ गर्ने भएको हो । प्रतिघर बिमा कार्यक्रमलाई नमुना बनाई कार्यान्वयन गर्ने छ । नगरपालिकाले सड्कमा दायाँबाया अनिवार्य बृक्षारोपण गर्ने भएको छ ।

नगरले चुनौतिको रुपमा रहेको फोहोरलाई व्यवस्थापन गर्न आधुनिक ल्याण्ड फिलसाईड पहल गर्ने, जथाभावी फोहोर फाल्नेलाई अन द स्पोट कारवाही गर्ने, पोलोथिन झोला निरुत्साहित गर्ने, जथाभावी राखिएका सड्क, पेटी, फुटपाथ, तथा पार्किङ व्यवस्थापन गरिनेछ । नगरपालिकाका ढललाई व्यवस्थापन गर्ने निति छ ।

महिला हिंसा, मानव वेचविखन तथा ओसार परासारको जोखिम कम गर्न जनचेतना मुलक कार्यक्रम गर्ने । यसैगरी स्वास्थ्य संस्थाहरुलाई बाल, किश्वर, किश्वरी, अपांग तथा ज्येष्ठ नागरिकमैत्री संस्थाको रुपमा विकास गरिनेछ । सामुदायिक विद्यालयमा जंगफुडको प्रतिवद्धता जनाईनेछ । चन्दननाथका जमिन बाझो नराख्ने निर्णय भएको छ । यसैगरी जुम्ला लाई पर्यटकीय हवको रुपमा विकास गरिने छ ।

नगरपालिकाले आफ्नो बजेट समेत प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा संघ र प्रदेशबाट प्राप्त राजश्व बाँडफाड बित्तिय समानिकरण सशर्त अनुदान र समपुरक अनुदानको जम्मा रकम रु ६७ करोड १० लाख ३४ हजार एकसय नौ रहेको छ ।

 

Next Post

तिला गाउँपालिकाद्वारा ४७ करोड बढी बजेट सार्वजनिक

१० असार २०८१, सोमबार १९:४५
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि रु ४७ करोड ४० लाख ४३ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा भौतिक पूर्वाधार निर्माण,कृषि, शिक्षा,स्वास्थ्य,पर्यटन,सामाजिक विकास,सामाजिक सुरक्षा तथा पंजीकरण,लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति,सहकारी,लद्यु विकास,सुशासन सार्वजनिक सेवा तथा क्षमता विकास, राजस्व तथा आन्तरिक स्रोत परिचालन लगायत क्षेत्रलाई […]

सम्बन्धित समाचार