जुम्ला सदरमुकामा६९ वर्षीया महिलाकाे शंकास्पद मृत्यु, प्रहरी अनुसन्धान जारी

सुरक्षा चुनाैंतीबारे चन्दननाथ नगरपालिकाकाे ध्यानाकर्षण

पुष्पा बिष्ट १८ पुष २०७७, शनिबार ०७:०१

जुम्लाको चन्दननाथ नगरपालिका -४ मा ६९ वर्षीया एक महिलाको मृत्युु भएकाे छ।

गत पुस १६ गते आफ्नाे घरमा सतनदेवी रोकाया मृत फेला परेपछि दाहसंस्कार गरौं भन्ने समयमा गहना नभएको देखिएकाले कसैले हत्या गरेको हुन सक्ने आफन्तले जनाएका छन्।

एक्लै बस्दै आएकी उनकाे आफन्तले घरमा हातमा औंठी, छाप, कानमा गहना सहित चार तोला सुनका गहना समेत नभएको र घाटीमा थिचेको घाउ देखिएकाले प्रहरीलाई अनुसन्धान गरीपाउ भनि निवेदन दिएकाे आफन्त मिनबहादुर महतले जानकारी दिए।

उनका अनुसार पहिले रक्तचाप भएर निधन भएको भनिएयता पनि पछि केही घाउ देखिएको र गहना लुटेर लिएको देखिएको भएपछि प्रहरीलाई जानकारी गराइएकाे हाे।

डिएसपी माधव प्रसाद काफ्लेका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। ‘आफन्तले १६ गते दाहासंस्कार गर्न तयार भएको समयमा केही गहना नभएको र हत्या गरिएको आशंकापछि प्रहरीमा जानकारी दिनुभएको हाे,’ उनले भने, ‘प्रहरीले गहिरो अध्ययन गरिरहेको छ।

मृतकको उकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरि शुक्रबार दाहशंस्कार गरिएकाे थियो ।

उक्त शंकास्पद मृत्युुलाई लिएर चन्दननाथ नगरपालिकाले सुरक्षा चुनाैंतीबारे प्रहरी प्रशासनकाे ध्यानाकर्षण गरेकाे छ।

Next Post

जुम्लामा नेकपा (ओली) पक्षकाे शक्ति प्रदर्शन

१८ पुष २०७७, शनिबार ०७:०१
जुम्लामा नेकपाकाे सत्ता पक्षले शक्ति प्रदर्शन गरेकाे छ। राष्ट्रिय स्वाधीनता, स्थाई सरकार, अग्रगमनका लागि राजनेता ओली भन्दै मंगलबार जुम्ला बजारमा नेकपा ओली समुहले प्रदशन गरेकाे हाे । जुम्ला स्थित चन्दननाथ बसपार्कबाट सुरु भएकाे र्‍याली जुम्ला बजार परिक्रमा गरि कृष्ण मन्दिरमा पुगेर सभामा परिणत भएकाे थियाे। सभालाई सम्बाेधन गर्दै नेकपा ओली […]