जुम्लामा नेकपा (ओली) पक्षकाे शक्ति प्रदर्शन

पुष्पा बिष्ट २१ पुष २०७७, मंगलवार २१:४६

जुम्लामा नेकपाकाे सत्ता पक्षले शक्ति प्रदर्शन गरेकाे छ। राष्ट्रिय स्वाधीनता, स्थाई सरकार, अग्रगमनका लागि राजनेता ओली भन्दै मंगलबार जुम्ला बजारमा नेकपा ओली समुहले प्रदशन गरेकाे हाे ।

जुम्ला स्थित चन्दननाथ बसपार्कबाट सुरु भएकाे र्‍याली जुम्ला बजार परिक्रमा गरि कृष्ण मन्दिरमा पुगेर सभामा परिणत भएकाे थियाे।

सभालाई सम्बाेधन गर्दै नेकपा ओली पक्षका केन्द्रीय सदस्य बलबहादुर महतले देशमा स्थाई सरकार र अग्रगमन नचाहनेले वर्तमान परिस्थितिकाे निर्माण गरेकाे बताए।

‘आफ्नै नेतृत्वकाे सरकारलाई अप्ठ्यारोमा पार्नेहरु न सहयात्री हुन सक्छन्, नत पार्टीका असल हिमायति। विदेशी शक्तिका अगाडि घुँडा टेकेर देश विकासलाई अवरोध गर्नेहरु दलाल सिवाय अरु काेही हुन सक्दैनन्,’ उनले भने, ‘प्रचण्ड र नेपालले इतिहासमा जनतालाई धाेकाे दिने बाहेक केही काम गर्ने छैनन्।’नेकपा

नेकपा (ओली) पक्षकाे कार्यक्रमका सहभागी हरू
फाेटा: हिमशिखर अनलाइन

अर्का केन्द्रीय सदस्य धिरेन्द्र गिरीले जनमतकाे कदर गर्न नसक्ने र नेतृत्वलाई काम गर्ने वातावरण नबनाउनेहरु नै वास्तवमा जनताका दुस्मन भएकाे बताए।

‘इतिहासमा कम्युनिस्ट पार्टीले दुई तिहाई बहुमत पाउँदा पनि आफ्नै खुट्टा तान्ने र बहुरुपी चरित्र देखाउने नेताहरु नै जनताका दुस्मन हुन,’ उनले भने, ‘हिक्मत हुनेले जनतामाझ जान सक्नुपर्छ। ताजा जनादेशकाे तयारी गर्ने ओलीलाई निरङ्कुस देख्नु दृष्टिदाेस हाे।’

कर्यक्रममा बाेल्ने पार्टी केन्द्रीय सदस्यहरु शान्तिलाल महत र रतननाथ याेगी, प्रदेश कमिटी सदस्य मेनका पछाईं, विद्यार्थी नेताहरु धर्मेन्द्र राेकाया, धिरज जैशी लगायत सबैले ओलीले संसद विघटन गरि निर्वाचनमा जाने निर्णय लिनु स्वागतयाेग्य र परिस्थिति अनुकुल भएको बताएका थिए।

Next Post

चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधनिक

२१ पुष २०७७, मंगलवार २१:४६
काठमाडौं: चार पूर्व न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन […]