राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा नागरिक करारपत्र सार्वजनिक, सुशासन र सम्पत्ति छानबिनमा जोड

महेश चाैलागाँई ३ फाल्गुन २०८२, आईतवार १७:४३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनलाई लक्षित गर्दै नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, वर्तमान अवस्था र दीर्घकालीन लक्ष्य समेटेर नीति–दिशा प्रस्तुत गरेको जनाएको छ।

करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसहित उदार आर्थिक नीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान तथा धार्मिक–सांस्कृतिक विविधताको संरक्षणलाई प्रमुख आधार बनाइएको उल्लेख गरिएको छ।

साथै सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य उपयोग र सौम्य शक्तिको विस्तारमार्फत सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पार्टीले दलीयकरणको अन्त्य गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा २०४६ सालपछिका सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव पनि करारपत्रमा समावेश गरेको जनाएको छ।

Next Post

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

३ फाल्गुन २०८२, आईतवार १७:४३
काठमाडौं । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा रोजगारी सिर्जना, ऊर्जा विकास, सुशासन र शिक्षा सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ। पार्टीले पाँच वर्षभित्र ४५ लाखलाई रोजगारी प्रदान गर्ने, सन् २०३५ सम्म २६ हजार मेगावाट विद्युत् उत्पादन गर्ने […]