कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लक्ष्मी चन्द महत रजिस्ट्रार नियुक्त

महेश चाैलागाँई १९ भाद्र २०८२, बिहीबार १८:०६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा नयाँ रजिस्ट्रार नियुक्त भएका छन्। प्रतिष्ठानले सोमबार औपचारिक रूपमा लक्ष्मी चन्द महतलाई रजिस्ट्रार पदमा नियुक्त गरेको हो।

प्रतिष्ठानका अनुसार महतलाई आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति पत्र प्रदान गरिएको छ। उनले अब प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र नीतिगत कार्यसम्पादनमा रजिस्ट्रारको हैसियतमा नेतृत्व गर्नेछन्।
उनको नियुक्तिसँगै प्रतिष्ठानमा व्यवस्थापकीय गतिशीलता थपिने विश्वास गरिएको छ।

स्थानीय सरोकारवालाहरूले महतको अनुभव र सक्रियताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ सक्षम संस्थाको रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्। विशेषगरी चिकित्सा शिक्षा, अनुसन्धान, जनस्वास्थ्य र स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा उनको कार्यकाल प्रभावकारी हुने आशा गरिएको छ।

यसअघि प्रतिष्ठानले रजिस्ट्रार पदलाई स्थायित्व दिन नसकेको भन्दै पटक , पटक आलोचना हुँदै आएको थियो। अब महत नियुक्त भएपछि नेतृत्वमा स्थायित्व आउने र यसले संस्थागत विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Next Post

सरकारसँग सम्पर्कमा आयो फेसबुक: दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

१९ भाद्र २०८२, बिहीबार १८:०६
सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् । उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको […]