काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
राष्ट्रपति भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशले नेपाली राजनीतिमा तरंग ल्याएका बेला उनलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेका हुन।
शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओली ७ बजेर ४० मिनेटमा शीतल निवासमा छिरेका छन्। ओलीको सिफारिमा राष्ट्रपतिले भण्डारीले जारी गरेको अध्यादेशले एकातिर संवैधानिक मूल्यमान्यतामा प्रहार भएको टिप्पणी भइरहेको बेला राष्ट्रपतीसंगकाे प्रधानमन्त्रीकाे भेटलाई विशेष रूपमा हेरिएकाेछ ।
यसअघि सोमबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करीब ३ घण्टा छलफल भएको थियो। राष्ट्रपति भण्डारीले नेकपाको राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको उनीमाथि आरोप लागेको छ।