नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

हिमशिखर संवाददाता ८ असार २०७९, बुधबार २१:०२

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको न नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभाकाे नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो।

लामाे समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएकाे उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाचार भैरहेको थियाे। उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ।

Next Post

जुम्लाका स्थानीय सरकारको बजेट, प्राथमिकतामा सडक

८ असार २०७९, बुधबार २१:०२
जुम्लाका  स्थानीय सरकारले  आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसँगै बजेट पनि ल्याएका छन। केही पालिकाले नीति तथा कार्यक्रमलाई फरक ढंगले पस्केका छन् भने केहीले पुरानै ढाँचाबाट प्रस्तुत गरेका छन्। जुम्लाका स्थानिय तहकाे बजेटकाे  बारेमा चर्चा गरेका छाै  चन्दननाथ नगरपालिका चन्दननाथ नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले नीति तथा कार्यक्रम ९औं नगरसभाबाट […]