कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

हिमशिखर संवाददाता १९ श्रावण २०७८, मंगलवार २०:००

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

Next Post

देउवा सरकारले गर्याे भुमिसम्बन्धी समस्या समाधान आयोग खारेज

१९ श्रावण २०७८, मंगलवार २०:००
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगको देशभरिकै संरचनाको बैठकले खारेज गरेको हो । ADVERTISEMENT   भूमिहीन […]