बर्दियाका क्षिशकहरूका लागि ३ दिने क्षमता बिकास गोष्ठी सम्पन्न

महेश चाैलागाँई ११ श्रावण २०८१, शनिबार १९:०३

बर्दियाको ठाकुरबाबामा शिक्षकका लागी लैगिक रुपान्तरण र समाबेसी शिक्षण पद्धति विषयक ३ दिने क्षमता विकास गोष्ठि गरिएको छ । समावेसी शिक्षा परियोजना अन्तरगत बिद्यालयमा लैगिक रुपान्तरण र समाबेशि शिक्षण कृयाकलाप संचालनका लागी शिक्षकहरुको पेशागत क्षमता बिकास र कक्षाकोठामा सिकाइ गर्ने उदेश्य पुरा गर्नका लागी कार्यशाला गोष्ठि संचालन गरिएको हो ।

साउन १० गतेदेखि १२ गते सम्म संचालन भएको गोष्ठीमा २७ बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो । गोष्ठिको पहिलो दिन लैंगिक संवेदनशिल शिक्षण सिकाईको लागि विद्यालयले गरेको असल अभ्यासहरु, अपागंता संवेदनशिल शिक्षण सिकाइको लागि विद्यालयले गरेको असल प्रयास र अपाङ्गताको परिभाषा, प्रकार, सेवा सुविधा, सिकाई समस्याहरु र राष्ट्रिय ऐन, कानून तथा नीतिहरुका बारेमा शिक्षकहरुलाई प्रशिक्षण गराइएको थियो ।

गोष्ठीको दोस्रो दिन लैंगिक संवेदनशिल शिक्षण तथा सिकाई प्रक्रिया, प्रारम्भिक बालविकासको अवधारणा महत्व तथा सर्वाङ्गीण बालविकासको पक्षहरुको बारेमा जानकारी गराइएको थियो ।

त्यस्तै तेस्रो दिन लैगिंक रुपान्तरण र अपागंता भएका बालबालिका समावेशी कक्षाकोठा व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।

शिक्षकका लागी लैगिक रुपान्तरण र समाबेसी शिक्षण पद्धति विषयक ३ दिने क्षमता विकास गोष्ठि भेरी बातावरणिय विशिष्टता समुह (वि ग्रुप) को आयोजनामा सम्पन्न गरिएको संस्थाका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनु भयो ।

कार्यक्रममा समावेशी शिक्षा परियोजनाका प्रबन्धक भानु लिम्वु, प्राबिधीक संयोजक लक्ष्मी शर्माको सहभागीता थियो भने गोष्ठिको सहजिकरण संजिव कुमार जोशीले गर्नु भएको थियो ।

Next Post

पातारासीकाे सार्वजानिक सुनुवाई सम्पन्न , ८१ प्रतिशत खर्च 

११ श्रावण २०८१, शनिबार १९:०३
जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिकाले ८१ प्रतिशत बजेट खर्च गरेकाे छ । गत आर्थिक वर्ष २०८०/८१ मा विनियाेजित कूल बजेट मध्य ८१.४४ प्रतिशत बजेट खर्च भएकाे हाे । गत आवमा कूल ४४ कराेड ८५ लाख ३३ हजार ५२ रुपैया विनियाेजन गरेकाे पातारासीले असार मसान्तसम्म कूल बजेट मध्य ३६ कराेड ५३ […]