समयमै वर्षा नहुदा धान राेप्ने खेत बाँझै

के .बि अछुत ७ असार २०८१, शुक्रबार २२:११

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने जुम्ला चन्दननाथ नगरपालिका वड नम्वर ८ र ८ का ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउ समेत मर्न लागेको किसानले बताएका छन् ।

पोहोरपरार यतिबेला सम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बितेकाे चन्दननाथ नगरपालिका वडा नम्बर ९ जग नेपालीले बताउनुभयो । उहाँका अनुसार

वर्षा नहुँदा रोपाइँ हुन मुस्किल भएकाे गुनासाे गर्नुभयो । तर वर्षा नहुँदा असारकाे दाेस्राे सातासम्म पनि खेत बाँझै रहेकाले भाेकमरी निम्तने डर रहेकाे बताउनुभयो । उहाँले भन्नुभयो, पोहोर सालको तुलनामा त अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताउनुभयो । बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यसपटक धान उत्पादन नै मुस्किल हुने भएकाे गुनासाे गर्नुभयाे ।

उहाँ जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन । रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानले बताएका छन् ।

“गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन्, तर पानी नपरेका कारण हैरान भएकाे चन्दननाथ ८ का राम बहादुर राेकायाकाे भनाइ छ । उहाँका अनुसार न मुहानबाट पानी आउँछ न वर्षा हुन्छ, यसपटक धान उत्पादन राम्रो हुने लक्षण नरहेकाे बताउनुभयो ।

कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन नसकेको उहाँकाे गुनासाे रहेकाे छ । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेत पनि सिँचाइ समस्यामा पटपटी फुटेका किसान राेकायाले बताउनुभयो । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके ।

पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो ? अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने हाे कि हाेईन भन्ने कुराले राेकायालाई सँधै पिराेली रहेकाे छ ।

 

Next Post

नगर बस सञ्चालन,देखी भौतिक संरचनामा जाेड दिदै चन्दननाथ नगरपालिका

७ असार २०८१, शुक्रबार २२:११
जुम्ला :चन्दननाथ नगरपालिका जुल्लाले आफ्नो निति तथा कार्यक्रम ल्याएको छ ।१३ औ नगर सभाले निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । चन्दननाथले निति कार्यक्रम नगर पुमुख राजुसिंह कठायत र बजेट कार्यक्रम नगर उपप्रमुख रामदेवी खड्काले गरेका हुन । नगरसभा प्रस्तुत बजेटमा नगरपालिकाले नगरका नागरिकका यातायात सुविधिका लागि नगरबस सञ्चालनमा […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।