एमाले नेपाल समूहभित्र देखियो दुई धार

हिमशिखर संवाददाता २५ श्रावण २०७८, सोमबार १२:२७

काठमाडौँ – एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ ।

त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भयो ।

र, आचार्य विवादमा तानिए । त्यसैकारण २९ असारमा नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति भीम आचार्य स्वयंले पत्तो पाएनन् । कसले मस्यौदा गर्यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समितिको गु्रपमा सेयर गरे । नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली नेपालकै निवासमा थिए ।

आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्यले फन्केर हिँडेका थिए । यो समस्या त्यतिमात्र टुंगिएन । २२ साउनमा नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बीचमा स्थायी समिति बैठकमा पनि आचार्यले नेता नेपालको गाली खानुपर्यो ।

आश्चार्य चाहिँ केही महिना यता नेपाल–खनाल समूहका खनालनिकट केही नेताहरु अस्वभाविक रुपमा एकताको पक्षमा उभिएका छन् । ओलीनिकट नेताहरुसँग उनीहरुले अन्तिममा नेपाललाई छोडेर एमालेमा रहनसक्ने बताइरहेका छन् । -साँघु

Next Post

प्रचण्डलाई ओलीकाे कटाक्ष आगाे निभाउन पानी खन्याउनु पर्छ(भिडियो सहित)

२५ श्रावण २०७८, सोमबार १२:२७
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आगाे निभाउन पानी खन्याउनु पर्ने बताएका छन । आजकाे प्रतिनिधि सभा बैठकमा बाेल्नेक्रमा पुर्व प्रधानमन्त्री ओलीले सत्तापक्षका नेताले यहि राेष्टमबाट म आगाे हु मस संग नखेल्नुहाेस नत्र भन्दै अभिव्यक्ति दिएका थिए ।भिडियो हेर्नकाे […]

सम्बन्धित समाचार