काठमाडौँ महानगरपालिका र जुम्लाकाे चन्दननाथ नगरपालिका विच भागिनी सम्बन्ध

रबि नेपाली ७ पुष २०७७, मंगलवार २०:५१

जुम्ला :  चन्दननाथ नगरापलिका जुम्ला  र काठमाडौँ महानगरपालिकाले एक आपसमा भगिनी  सम्बन्ध स्थापना गरेका छन् ।
काठमाडौँ महानगरपालिका  प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी स्थापना गरेका हुन्

समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गरिने जानकारी दिए ।‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् । मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक भएका प्रमुख साख्याले बताए ।

काठमाडौं महानगरपालिका र चन्दननाथ नगरपालिका जुम्लाका प्रतिनिधिहरू

महानगरले यसअघि नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएको छ । भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदी विषयमा पनि सहकार्य गर्ने शाक्यले बताए ।

चन्दनथान नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भगिनी ले सकारात्मक भुमिका खेल्ने र यहाँका विकास निर्माणमा पनि टेवा पुग्ने उनको भनाइ छ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाख्य र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल
काठमाडौं महनगर प्रमुख शाख्याकाे स्वागतमा जुम्ला बजारमा राखिएकाे ब्यानर

भगिनी सम्वन्ध स्थापना गर्दै कामठमाडौँ महानगरपालिकाले चन्दननाथ नगरपालिकालाई डेढ करोड रकम सहयोग गर्ने गरी समझदारी पत्रमा महानगर प्रमुख शाक्यले हस्ताक्षर गरेका छन् । चन्दननाथ नगरप्रमुख सेजुवालका अनुसार उक्त सहयोग रकमले नगरक्षेत्रमा पर्यटकिय पार्क निर्माण गर्ने योजना छ ।

Next Post

राउटेकाे भत्ता बढेर पाँच हजार

७ पुष २०७७, मंगलवार २०:५१
नेपाल सरकारबाट मासिक तीन हजार भत्ता पाउँदै आएका राउटेहरुलाई कर्णाली सरकारले मासिक दुई हजार थपिदिने निर्णय गरेपछि उनीहरुको भत्ता बढेकाे छ। लोपोन्मुख राउटे जातिको संरक्षण र सम्वर्द्धन गर्न प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ दिने निर्णय भएकाे प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन। […]