कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा ४जना घाइते

हिमशिखर संवाददाता १३ माघ २०७८, बिहीबार १८:१४

कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा ४जना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो करिब एक बजेतिर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

सुर्खेतको बराहाताल-८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ। प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार बसमा १३ रहेकाेमा  ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा श्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामी र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षीया लक्ष्मी राना रहेका छन् ।

बसमा सवार १३ जना रहेको थिए। बस मालिकले नै बस चलाएको हुनाले दुर्घटना हुनसक्ने अनुमान गरिएको छ। घाइतेहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Next Post

मनाङको जनसङ्ख्या २०७४ को मतदाताको सङ्ख्याभन्दा कम

१३ माघ २०७८, बिहीबार १८:१४
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या २०७४ को मतदाताको सङ्ख्याभन्दा कम  देखिएको हो। विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ। उक्त तथ्यांकअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको […]