केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो।
विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४ को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ। उक्त तथ्यांकअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ। विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन्।