राहात लिएर गाउँमै पुग्याे कानुन मन्त्री भण्डारीकाे टाेली

रबि नेपाली १५ माघ २०७७, बिहीबार १६:१०

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकाे टाेली अग्निपीडितलाई राहत लिएर पोखरीस्थित गोठीगाउँमा पुगेकाे छ ।मन्त्री भण्डारीकाे टाेटी नेपाली सेनाको हेलिकप्टरमा विहानै राहत लिएर गोठीगाउँमा पुग्दा अग्निपीडित निकै खुसि भएका थिए ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल रोकाया पनि घटनास्थलमा पुगेका हुन् ।

राहात सामाग्रीहरूमा ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा रहेकाे स्रोतले जनाएकाेछ ।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका थिए।

Next Post

संसद राेकायाले दिए अग्नि पिडतलाई एक महिनाकाे तलव

१५ माघ २०७७, बिहीबार १६:१०
जुम्ला (ख) का प्रदेश सभा सदस्य पदमबहादुर राेकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराएका छन । उनले अग्नि पीडितलाई गाउँमै पुगेर एक महिनाकाे तलब ४२हजार रूपैया अग्नि पिडितलाई दिएका हुन । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीकाे नेतृत्वमा वीरेन्द्रनगरबाट राहत लिएर जुम्ला तिला गाउँपालिका ७ गाेठी […]