एमाले कर्णालीका नेताद्वारा यामलाल कँडेललाई सचिवमा मतदान गर्न अपिल

हिमशिखर संवाददाता १ पुष २०८२, मंगलवार १९:११

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा कर्णाली प्रदेशका पार्टी नेताहरूले सचिव पदका उम्मेदवार यामलाल कँडेललाई मतदान गर्न अपिल गरेका छन्।

महाधिवेशनको महत्वपूर्ण घडीमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने, संगठनलाई अनुशासित र गतिशील बनाउँदै जनतासँग जोडिएको प्रभावकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनीहरूले अनुभवी, निष्ठावान र जुझारु नेताका रूपमा कँडेललाई सचिव पदका लागि उपयुक्त उम्मेदवार रहेको बताएका छन्।

अपिलमा लोकतान्त्रिक अभ्यासअनुसार महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन हुँदै गएको उल्लेख गर्दै पार्टीको नीति, विधि र मूल नेतृत्वसहित सचिव पदका उम्मेदवार यामलाल कँडेललाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।

उक्त अपिलमा कर्णाली प्रदेश कमिटी तथा विभिन्न जिल्ला कमिटीका अध्यक्षहरू, साथै प्रदेश सम्पर्क समन्वय कमिटीका अध्यक्षलगायत नेताहरूको हस्ताक्षर रहेको छ।

Next Post

ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सिफारिस

१ पुष २०८२, मंगलवार १९:११
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ ले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ। राप्रपा क्षेत्रीय कार्यसमिति ललितपुर क्षेत्र नम्बर १ को कार्यसमितिको आजको बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ माननीय ज्ञानेन्द्र शाहीलाई ललितपुर जिल्लाबाट सिफारिस गरिएको हो। क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही, […]