चन्दननाथ नगरपालिका– ५जुम्ला बजार स्थीत देवेन्द्र शर्माको घरमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीले झण्डै डेढ करोडभन्दा बढीको क्षति भएको छ । शर्मा र उनको छिमेकी लविनध्वज खाँणको घरमा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार आगलागीबाट घरधनी शर्माको ३८ लाख ८२ हजार र सोही घरमा रहेको राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाम जल्दा ५० लाखबराबरको क्षति भएको छ । गोदाममा राखिएको खाद्यान्न सामग्री, ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायतका सबै सामान जलेर नष्ट भएका छन् । शर्माका छिमेकी खाँणको घरमा समेत आगलागीबाट दुई लाखबराबरको क्षति भएको छ भने सोही घरमा भाडामा रहेको प्रकृति सपिङ सेन्टरको ६ लाखबराबरको सामान जलेर नष्ट भएको छ । यस्तै जनकध्वज खाँणको घरमा ५० हजार, सोही घरमा भाडा रहेको अनुपम कपडा पसलको एक लाख, आसिप खान र रेस्मा जोलाको २६ हजारबराबरको सामग्री जलेर नष्ट भएको छ । चन्दननाथ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिएको डिएसपी लालबहादुर धामीले बताए । सोलार ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Next Post

अर्थतन्त्र नकरात्मक अवस्थामा पुगेको छैन : प्रधानमन्त्री ओली
२० भाद्र २०७७, शनिबार ०९:४९
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको बताएका छन । अर्थ मन्त्रालयको जिम्मेवारी समालेपछी निजी क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्दै प्रधानमन्त्रीले अहिल्यै नै अर्थतन्त्र नकरात्मक अवस्थामा नपुगेको बताएका हुन । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोभिड(१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवन आतंकित गर्न नहुनेतर्फ सचेत […]
सम्बन्धित समाचार
-
३ बैशाख २०७८, शुक्रबार १६:५६
नेपाली काँग्रेसले मुख्यमन्त्री लाई विश्वासको मत दिने
-
१० बैशाख २०८०, आईतवार ०७:२४
सिटामोल’ फिल्मको ‘झुम्का कानैमा’ गीत रेकर्डिङ सम्पन्न
-
६ फाल्गुन २०७९, शनिबार १८:३५
जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी
-
१५ चैत्र २०७८, मंगलवार २२:५१
निर्वाचन आयोगले बोलायाे चैत २२ गते सर्वदलीय बैठक
-
१८ भाद्र २०७७, बिहीबार ०७:५७
पेट शुद्धीकरण गर्ने सरल विधि
-
२३ असार २०७९, बिहीबार १४:३९
जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु


