सिटामोल’ फिल्मको ‘झुम्का कानैमा’ गीत रेकर्डिङ सम्पन्न

हिमशिखर सम्वाददाता काठमाण्डौ १० बैशाख २०८०, आईतवार ०७:२४

निर्माणको तयारीमा रहेको फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई) को स्वर छ ।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ । ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् । बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए ।

फिल्मको कथा साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन् । निर्देशक सानेले फिल्मको बारेमा भने– ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ । हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ ।
फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी हुनेछ । फिल्मको छायाकंन केही दिनमै सुरु गरिने निमार्णपक्षले जानकारी दिएको छ ।

Next Post

रवि लामिछाने कार्यकर्तासहित नाराबाजी गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि आक्रमण प्रयास

१० बैशाख २०८०, आईतवार ०७:२४
चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालयको मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्यकर्तासहित नाराबाजी गर्दै प्रवेश गरेपछि तनाव उत्पन्न भएको छ। मतदान केन्द्रमा लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए। दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भीड नियन्त्रण गर्न […]