राजनीतिक परिणामले अदालतको फैसलाको मूल्यांकन गर्छ: प्रधानमन्त्री ओली

हिमशिखर संवाददाता १८ फाल्गुन २०७७, मंगलवार २१:५१

प्रधानमन्त्री केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन आगामी राजनीतिक परिणामले गर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै उनले संसद् पुनर्स्थापनाको मूल्यांकन प्रतिनिधिसभाको आगामी गतिविधि र देशको राजनीतिले गर्ने बताएका हुन् ।

‘अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्‍याे । गर्‍याे त के भने ? म केही पनि बोल्दिनँ । मेरो काम त प्रधानमन्त्रीको रूपमा अदालतको फैसलालाई मान्ने हो । त्यसलाई कार्यान्वयन गर्ने हो । तर, अब बस्ने प्रतिनिधिसभा कसरी अघि बढ्छ । देशको राजनीति अब कसरी अघि बढ्छ । अदालतको फैसलाको मूल्यांकन परिणामले गर्छ,’ उनले भने, ‘२३ गते संसद् अधिवेशन बोलाइदिएको छु । राम्ररी संसद् बैठक चलाउन मेरो भूमिका रहन्छ ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सहज नभएको बताए । ‘मलाई हटाउन सहज छैन । हटाएर देखाउनुस् । हटाउन सक्ने भने हटाउनुहोस् । खुसीका साथ हट्छु । म मुद्दा हाल्न गएको छैन । राजनीति गर्ने मान्छे हुँ । मुद्दा हाल्न जाँदा नेपाली जनताकहाँ जान्छु । मलाई अन्याय भयो भनेर न्याय माग्छु,’ उनले भने, ‘अहिले हटाए पनि दुई वर्षपछि त चुनाव हुन्छ नि ! दुईतिहाइका साथ सिंहदरबार फर्कन्छु ।’

Next Post

सरकार–विप्लव  वार्ता : विप्लवका दुई सर्त, दुई एजेन्डा सरकार सकरात्मक

१८ फाल्गुन २०७७, मंगलवार २१:५१
नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले सरकार संग वार्ता काे लागि २ सर्त र २ एजेन्डा अघि सार्ने भएकाेछ । सर्तहरूमा २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने र पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा […]